ओलीले जोसिएर भने-आजै एकतापछि संयुक्त केन्द्रीय बैठक र निर्वाचन आयोगमा यसरी गरिन्छ दल दर्ता



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको पार्टी औपचारिक पार्टी एकतापछि आजै निर्वाचन आयोगमा दर्ता हुने जनाएका छन्।

२५औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खु मदननगरमा आयोजित श्रद्धाञ्जलीसभामा एमाले अध्यक्ष ओलीले आजै संयुक्त केन्द्रीय समिति बैठक बस्ने र निर्वाचन आयोगमा दल दर्ता हुने जानकारी दिएका हुन्।

ओलीले भने, ‘पार्टी एकता समितिको बैठक बस्छ, दुवै पार्टीले निर्णय गरिसकेका छन्। सयुक्त केन्द्रीय कमिटि बैठक बस्छ र त्यसले निर्णय गरेर निर्वाचन आयोगमा दर्ता हुन्छ। यो सधैँजस्तो दर्ता गरेको होइन। यो त नेपालको भविष्यको संकेतको दर्ता गर्दैछौं।’

ओलीले पार्टी एकतालाई संख्यासँग नजोड्न पनि आग्रह गरे। ‘पार्टीहरु कहिले मिल्छन् कहिले फुट्छन् तर यो यत्ति होइन। यसले राजनीति, समाजनीति, वर्तमान र भविष्य, अर्थतन्त्र र नेपालको उचाईलाई अनेक कोणबाट प्रभावित गर्छ। यसको दुरगामी महत्व छ,’ ओलीले भने, ‘कसका सदस्य कति छन् मात्र होइन, यसको गुणात्मक हिसावले अर्थ र महत्व छ।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीले कोरेको गोरेटो अनुसार नै आजको ऐतिहासिक दिनमा पार्टी एकता हुँदै गरेको बताएका छन्।

२५औं मदन-आश्रित स्मृति दिवसमा बल्खु मदननगरमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘आज ५० साल होइन, ७५ साल हो। उहाँको निधन भएको २५ वर्ष बितेका छन्। तर, उहाँले जुन बाटो लिनुभएको थियो, त्यो सानो गोरेटो आज सिक्स लेनको बाटो बनेको छ।’ ओलीले मदन भण्डारीले लिएको बाटो असाधारण र सही साबित भएको बताए।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...