वाम नेतालाई पार्टी एकता बैठकको चटारो,बालुवाटार र खुमलटारमा सुरु भयो बैठक,मदन भण्डारीको कसम खाएर भोलीनै एकता



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुटै बसिरहेको छ । एमालेको बैठक बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित खुमलटारमा बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यस्तै खुमलटारमा पार्टी कार्यालयको विस्तारित बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ । बिहान प्रचण्ड र केपी ओली बीच भएको वान टु वान वार्तामा एकता गर्ने समझदारी भएसँगै एकतालाई अनुमोदन गर्ने विषयमा छलफल गर्न दुबै पार्टीको बैठक बसेको हो । दुबै पार्टीका नेताहरुले भोलि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।

प्रचण्ड ओलीबीचको वान टु वान वार्तामा बिहिबार बिहान १० बजेको लागि पार्टी एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।

एमाले नेता विष्णु पौडेलले पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोलि विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि स्पष्ट पारे ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताए ।

उनले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने पनि उल्लेख गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र दाहालबीच पार्टी एकता गर्ने सहमति भएको स्रोतले बताएको छ ।
पार्टी एकतामा ढिलाई हुँदा गलत सन्देश गएको निष्कर्ष निकाल्दै दुवै नेताले पार्टी एकताको मिति समेत तय गर्नेगरी आवश्यक निर्णय लिन भोली एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको पनि स्रोतको दावी छ ।
मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले २ दिनको समय राखेर पार्टी एकता गर्ने योजना अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...