भोलीनै ४०६ सदस्यीय केन्द्रिय समिती बनाएर हुने भयो पार्टी एकता,ओली र प्रचण्डले गरे यस्ता ४ सहमती



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका सम्बन्धमा ४ विषयमा सहमति भएको छ।

 

सहमतिहरु
विवादित विषयमध्ये संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्ध शान्तिपूर्ण संघर्षलाई हेर्ने दृष्टिकोणमा ओली–प्रचण्डबीच सहमति भएको हो।

विवादित विषयमध्ये संगठनात्मक स्वरुप अन्तर्गत एकिकृत पार्टीको केन्द्रीय कमिटी झण्डै ४ सय सदस्यीय बनाउने सहमति भएको छ।

जस अनुसार एमालेको तर्फबाट २ सय ६ जना र माओवादी केन्द्रबाट २ सय जना राखेर केन्द्रीय कमिटी बनाउने सहमति दुई नेताबीच भएको छ।

एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’ का राम्रा कुरा समेटेर ‘जनताको जनवाद’ नामक नयाँ कार्यनीति बनाइनेछ।

यसैगरी राजनीतिक प्रतिवेदनमा राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धको र एमालेको शान्तिपूर्ण संघर्षको यथोचित रुपमा सकरात्मक चर्चा गरिने भएको छ।

यसैगरी एकिकृत पार्टीको चुनाव चिन्ह सूर्य चिन्ह हुने भएको छ। ओली प्रचण्डबीच उपरोक्त ४ विषयमा भएको सहमतिलाई दुबै पार्टीको बैठकले अनुमोदन गरेपछि दुबै पार्टीबीच एकता हुनेछ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...