भारतीय पुस्तक पठनपाठन गराउने नेपालको विद्यालयमा यसरी लगाइयो ताला



हाम्रो इकोनोमि

झापाको सूर्योदय अंग्रेजी विद्यालयले राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने भारतीय पाठ्यपुस्तक पठन पाठन गराएको भन्दै उक्त विद्यालयमा आज ताला लगाइदिएको छ।

युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले उक्त विद्यालयमा तालाबन्दी गरेको हो। संघले विद्यालयमा कार्यरत शिक्षकलाई बर्खास्त गर्नुका साथै विद्यालयले त्रुटी गरेकोमा माफी माग्नुपर्ने सर्त राखेको छ।

भारतीय प्रकाशनका पाठयपुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा तिरंगा झण्डा भन्दै भारतमा पढाइ भए जसरी नै पुस्तक पढाईएको पाइएका कारण दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो।

उक्त विद्यालयले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ। नगरपालिकाको शिक्षा समितिले स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने चेतावनी दिएको छ।

उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित एउटा प्रकाशनको ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको शिक्षा अधिकृत शालिग्राम काफ्लेले बताएको देश संचारले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...