भारतीय पुस्तक पठनपाठन गराउने नेपालको विद्यालयमा यसरी लगाइयो ताला



झापाको सूर्योदय अंग्रेजी विद्यालयले राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने भारतीय पाठ्यपुस्तक पठन पाठन गराएको भन्दै उक्त विद्यालयमा आज ताला लगाइदिएको छ।

युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले उक्त विद्यालयमा तालाबन्दी गरेको हो। संघले विद्यालयमा कार्यरत शिक्षकलाई बर्खास्त गर्नुका साथै विद्यालयले त्रुटी गरेकोमा माफी माग्नुपर्ने सर्त राखेको छ।

भारतीय प्रकाशनका पाठयपुस्तकमा जन्मभूमि भारत, हाम्रो राष्ट्रिय झण्डा तिरंगा झण्डा भन्दै भारतमा पढाइ भए जसरी नै पुस्तक पढाईएको पाइएका कारण दमक नगरपालिकाले पनि स्पष्टिकरण लिएको थियो।

उक्त विद्यालयले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ। नगरपालिकाको शिक्षा समितिले स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने चेतावनी दिएको छ।

उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित एउटा प्रकाशनको ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको शिक्षा अधिकृत शालिग्राम काफ्लेले बताएको देश संचारले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई