एकै समय दुई ‘टार’मा दुई पार्टीको अन्तिम आकस्मिक बैठक बसेर यस्तो गर्दैछ चमत्कार



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका विषयमा छलफल गर्न आकस्मिक रुपमा आ–आफ्नो पार्टीका बैठक बोलाएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान छलफल भएलगत्तै दुबै दलले आफ्नो पार्टीका बैठक बोलाएका हुन् । एमाले स्थायी कमिटिको बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादी केन्द्रको पार्टी हेडक्वाटरको बैठक पनि ४ बजे नै प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।

स्थायी कमिटि बैठक पछि एमालेले शुक्रबार बिहान १० बजे केन्द्रीय समिति बैठक पनि बोलाएको छ । पछिल्लो समय दुई पार्टीको एकता प्रक्रिया टाढिन लागेको विष्लेषण गरिएको थियो । तर आज दुई अध्यक्षबीच भएको वार्ता सकारात्मक भएपछि पार्टीलाई जानकारी गराउन बैठक बोलाइएको हो । दुई अध्यक्षको बैठकले भोली बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक बोलाएको समाचार दैनिकले उल्लेख गरेको छ ।

सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।

भोलि मदन भण्डारी स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारीको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन भण्डारी स्मृति दिवसको अवसरमा एमालेले कार्यक्रम गर्दैछ, जसमा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।

लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ ।

भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
उजुरी दिन साइबर ब्युरोमा अमिशा

    साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने...

पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...