मोदी गएकै दिन पार्टी एकता सम्बन्धी कुरा पार लागेको खुल्यो यस्तो तथ्य,भोली नै पार्टी दर्ता गर्दै यसरी हुने भयो एकता



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे । फोन गरेर ओलीले भने ‘छलफल गर्नु थियो तपाइँको समय मिलाउनु पर्यो ।’ यो संवाद ओली–प्रचण्डको बैशाख ३० गते अर्थात मोदी फर्किएको दिन शनिबारको हो । प्रचण्डले उताबाट भने ‘त्यसो भए भोलि आइतबार ३१ गते साँझ भेटौं ।’ हामी छलफल गर्ने कुरा बाहिर कसैलाई नभनौं, सबैतिर हल्ला हुन्छ फेरि ।’ उनीहरु बैशाख ३१ गते साँझ भेट्न तयार भए, र छलफल पनि गरे । मोदी फर्किएपछि आज बिहान भएको ओली–प्रचण्डको भेट दोस्रो हो ।

मोदी अभिन्दन लगायतका कार्यक्रममा माओवादीबाट सरकारको सहभागी कुनै पनि मन्त्री गएनन् । नजानुको कारण के थियो त्यो अझै खुल्न सकेको छैन् । त्यसो बहुचर्चित अरुण तेस्रो जलविदुत आयोजनाको शिलान्यासमासमेत माओवादीबाट उर्जामन्त्री बनेका बर्षमान पुन अन्नतलाई पत्तो नदिई ओलीले र मोदीले गरेका थिए । बजेटमा ओलीको एकलौटी सरुवालगायतमा पनि एकलौटी ओलीले गरेको गुनासोको चाङ प्रचण्डसँग थियो । प्रचण्डले ओलीसँग सबै गुनासो सुनाए । गुनासो सुनाएलगत्तै ओलीले प्रचण्डलाई भने ‘एकताको बारेमा बाहिर नराम्रो हल्ला फैलियो अब चाँडै एकता गर्नतिर लाग्नु पर्यो ।’ मोदी नआउँदा प्रचण्डले एकताको बिषयमा कुरा निकाल्दा अन्तै मोड्ने गरेका थिए । ‘यसअघि ३/४ घण्टा प्रचण्ड–ओलीको एक्ला एक्लै छलफल हुँदा पनि एकताको बिषयमा छोटो कुरा हुन्थ्यो ’स्रोतले भन्यो ‘३१ गतेको भेटमा करिब आधा समय एकता बिषयमा कुरा भएको थियो ।’ तर मोदी फर्किएलगत्तैको भेटमै ओलीले एकतामा हतारिँदा प्रचण्डलाई ‘सरप्राइज’ बनेको बालुवाटार स्रोतले जानकारी दियो ।

३१ गतेको भेटमा ओलीसँग एकताको बिषयमा भएको सबै कुरा प्रचण्डले माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल, उर्जामन्त्री रहेका बर्षमान पुन अनन्तलगायतका नेताहरुसँग छलफल गरे । प्रचण्डले छलफल गरेपछि माओवादी नेताहरुले सुझाव दिए ‘एकताको बिषयमा बाहिर धेरै नकरात्मक समाचारहरु आइरहेका छन्, एकता नै गर्ने हो भने चाँडै गरौं भ्याएसम्म जेठको पहिलो सातासम्म गरौं ।’ माओवादी नेताहरुले उक्त सुझाव प्रचण्डलाई दिएपछि बुधबार बिहान सवा ९ बजेदेखि फेरि प्रचण्ड–ओलीबीचको ‘वान टु वान’ छलफल भयो ।

त्यसोत अहिले माओवादीभित्र भारतीय प्रधानमन्त्री मोदीले एकताको गाँठो फुकाएको चर्चा छ । माओवादीका कार्यालय टीमभित्रका एक सदस्यले भने ‘ओली जी को आलटाल देख्दा मोदी जी आएपछि एकता के हुने हो भन्ने शंका थियो तर अब त्यो शंका पनि हटेको छ ।’

सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।

भोलि मदन भण्डारी स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारीको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन भण्डारी स्मृति दिवसको अवसरमा एमालेले कार्यक्रम गर्दैछ, जसमा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।
लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।
बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ ।

भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।

एमाले र माओवादीले १७ असोजमा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गरेका थिए । त्यसअनुसार प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०/४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनाए ।

केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनले दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेलिनवाद’ हुने सहमाति छ ।

दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन ।

बरु बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।

यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘मैले दुबै अध्यक्षलाई सोधेँ, वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’

दुबै दलले बैठक बोलाए
पार्टी एकता घोषणा गर्नुअघि एमालेले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यो अन्तिम बैठक हुनेछ ।
माओवादीले पनि बैठक बोलाएको छ ।

एकीकृत पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका दुर्इ दलले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यो संख्या केही बढ्न सक्ने एमाले र माओवादी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन