ओली र प्रचण्डको सबै कुरा मिल्यो,६ गते यसरी हुने भयो ड्याम्मै पार्टी एकता



हाम्रो इकोनोमि

पछिल्लो समय एमाले र माओवादीबीचको पार्टी एकतालाई लिएर विभिन्न आशंका बढिरहेका बेला दुवै पार्टीका अध्यक्षबीचको भेटवार्ताले एकता प्रक्रियालाई थप सक्रिय बनाएको छ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान दुई घन्टा छलफल चलेको थियो। चाँडै एकता घोषणा गर्न दुवै अध्यक्ष सहमत भएपछि दुवै पार्टीको आन्तरिक बैठक बोलाइएको छ।

‘आन्दोलनहरुलाई बुझ्ने कुरामा आ-आफ्ना बुझाइ थिए। संगठनात्मक संरचना र नेताहरुको व्यवस्थापनमा केही अलमल थियो, त्यो अब टुंगो नजिक पुगिसक्यो’, माओवादी नेता देवेन्द्र पौडेल भन्छन्, ‘अब एकताका लागि खासै कुरा बाँकी रहेनन्।’

बैसाख ४ गते बसेको एकता संयोजन समितिको बैठकले विवाद र आशंकाका विषय हल गर्न दुई अध्यक्षलाई जिम्मा दिएको थियो। आजको बैठक त्यही आशंका हटाउनेतिर केन्द्रित भएको बताइएको छ। विशेषगरी एकीकृत पार्टीमा आफ्नो भूमिका के हुने भन्नेबारे माओवादी अध्यक्ष प्रचण्ड अलमलमा रहेको खबरहरु सार्वजनिक भएका थिए। आजको बैठकमा ओलीले प्रचण्डलाई आश्वस्त तुल्याएको माओवादीका अर्का एक नेताले  भने।

ती नेताका अनुसार जेठ ६ गते पार्टी एकता घोषणा हुने सम्भावना निकै बलियो छ।

त्यसो त दुवै अध्यक्षले अचानक पार्टी एकता हुन सक्ने बताउने गरेका थिए। बैसाख ९ गते लेनिन दिवसको अवसरमा काठमाडौंमा आयोजित दुवै पार्टीको संयुक्त कार्यक्रममा प्रचण्डले ‘ड्याम्मै एकता हुन सक्ने’ बताएका थिए। उनले अब दायाँ-बायाँ गर्ने ठाउँ नभएको बताउँदै भनेका थिए, ‘अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ। हेर्दै जानुहोला- तपाईंहरूले थाहा नपाएको दिन पार्टी एकता हुन्छ।’

उस्तै अभिव्यक्ति ओलीको पनि थियो। युवा संघ नेपालको २८ औं स्थापना दिवसको अवसरमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दिन दुई दिनको मिति राखेर पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका थिए। ‘कुनै पनि बेला, हामीलाई धेरै तयारी केही गर्नु छैन। गर्ने भनेपछि गर्ने। हामी दुई वा तीन दिनको समय राखेर पार्टी एकताको मिति घोषणा गर्न सक्छौं र निकट समयमा घोषणा गर्न सक्छौं’, उनले भनेका थिए।

दुई अध्यक्षबीच फाटो बढेको भन्ने विश्लेषणलाई पनि खण्डन गरेका थिए। उनले यता र उता फर्किएका फोटो राख्ने सञ्चारमाध्यमलाई कताकता फर्किएका छन् भनेर भोलि (बिहीबार) बिहान बालुवाटार आउन आग्रह समेत गरेका थिए। साथै एमालेका नेताहरु कता फर्किएका रहेछन् भनेर बुझ्न बिहीबार बेलुका ४ बजे चार बजे बालुवाटार अनुरोध गरे।

ओलीले आग्रह गरेको भोलिपल्ट दुई अध्यक्षको भेटवार्ताले एकतामा रहेका आशंकाहरुलाई मेटेका छन्।

ओलीले ‘यता र उता’ फर्किएको फोटो बनाउने सञ्चारमाध्यमलाई हेर्न आउन गरेको अनुरोधले आन्तरिक रुपमा दुई अध्यक्षबीच संवाद भइरहेको र त्यो सकारात्मक दिशातिर उन्मुख भएको संकेत हिजोको अभिव्यक्ति र आजको प्रगतिले दिएको छ।

बिहीबार बिहान १० बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको छ। सोही बैठकबाट पार्टी एकताको आधिकारिक मिति टुंगो लाग्न सक्ने सम्भावना छ।

आजै बोलाइएको एमाले स्थायी कमिटीमा पनि पार्टी एकताको विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिएका छन्। ‘बैठकले एकताको मिति नै तोक्न सक्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...