अपराध गरे पनि सांसदलाई जेल हाल्न नपाईने भन्दै कांग्रेसले गर्ने भयो संसद अवरुद्ध,यस्तो छ कानुन



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि बुधबारको बैठकमा प्रतिनिधिसभाको नियमावली पेश नै भएन।

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको आन्तरिक सहमति अनुसार प्रतिनिधिसभाको बुधबारको बैठकले नियमावली पारित तयारी थियो।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसद पक्राउ पर्ने बित्तिकै स्वतः निलम्बित हुने व्यवस्था छ। तर यसमा दलहरुबीच विवाद रहँदै आएको छ।

सत्तारुढ एमालेले पुरानै व्यवस्था अनुसार फौजारी अभियोग लागेर पक्राउ पर्ने बित्तिकै स्वतः निलम्बित हुने व्यवस्थासहित नियमावली पारित गर्नु पर्ने बताउँदै आएको छ।

तर, कांग्रेस, राजपासहितका दलका सांसदले भने यसको विरोध गरेका छन्। उनीहरुले स्वतः निलम्बित हुने व्यवस्था हटाउनु पर्ने बताउने गरेका छन्।

कांग्रेसले बहुमतीय प्रक्रियाबाट नियमावली पारित गर्ने तर्फ लागेमा संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि बुधबारको बैठकमा नियमावली प्रस्तुत नै भएन। कांग्रेस नेता तथा सांसद मीनबहादुर विश्वकर्माले संविधानमै नभएको व्यवस्थासहितको नियमावली आएमा आफूहरुले विरोध गर्ने बताए।

नियमावलीको दफा २४३ को ३ मा रहको ‘फौजदारी अभियोग लागेको सांसदले थुनामा रहेको अवधिभर संसद सदस्यका रुपमा कुनै अधिकार प्रयोग गर्न वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिक्षमिक, सेवा र सुविधान स्थगित हुनेछ’ भन्ने सट्टा ‘तीन वर्ष वा सो भन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी अभियोग लागेको सांसद स्वतः निलम्बन हुनेछ’ भन्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस
शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

    आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई

सरकारको आफ्नै काम कारबाहीप्रति प्रधानमन्त्रीको असन्तुष्टि

    अर्थमन्त्री डा.प्रकाशशरण महतसँगको खटपटको चर्चाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँले किटान

दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन भन्दै कृषिमन्त्रीको राजीनामा माग

    किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन्

परिस्थिति जटिल र चुनौतीपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले लक्ष्य अनुसार परिणाम दिन नसकेको