ओली सरकार बिरुद्द खनिए कर्मचारी,तलब नबढाए देशव्यापी आन्दोलन गर्ने



हाम्रो इकोनोमि

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब वृद्धि नगरे र स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी संगठनले यस्तो चेतावनी दिएको हो।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने माग गरे। निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोन समितिलाई सक्रिय बनाई तलबबृद्धि गर्न समेत उनले माग गरे।

आधिकारिक ट्रेड युनियनको वैशाख २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो।

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग 

त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउन माग गरेको छ। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने ढकालले बताए। स्थानीय तहसम्म ट्रेड युनिनयको अधिकारलाई सुनिश्चित गर्न पनि संगठनको माग छ। स्थानीय तहमा ट्रेड युनियन राख्न नपाउने कानुन सच्याउन संगठनले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...