देउवालाई देखाईदिन्छु भन्दै यसरी राँकिए गच्छदार,शेरबहादुरको दौराको फेर समात्नेलाई भाड्न शुरु



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र नेता विजय कुमार गच्छदारबीच मनमुटाव बढेको छ ।

स्रोतका अनुसार देउवाले पदाधिकारी मनोनित गर्दा आफूलाई कुनै वास्ता नगरेको भन्दै नेता गच्छदार रुष्ट बनेका छन् । कांग्रेससँग पार्टी एकता गर्नुअघि नै देउवा र गच्छदारबीच उपसभापति गच्छदारलाई दिनेबारे सहमति भएको थियो ।

तर सभापति देउवाले गच्छदारलाई उपसभापति बनाएनन् । देउवाले पार्टीका विधानले गर्दा उपसभापति बनाउन सकिएन भन्दै गच्छदारलाई थमथमाएका छन् । तर कांग्रेस नेताहरुले सभापतिको तर्कमा दम नभएको बताएका छन् ।

गच्छदारलाई उपसभापति बनाउनको लागि विधानले छेक्दैन् । आफू निकटका नेतााहरुसँग देउवाले आफूलाई धोका दिएको भन्दै गच्छदार यतिवेला नयाँ गुट बनाउनको व्यस्त छन् ।

पार्टी एकता गर्नुअघि देउवाले गच्छदारलाई उपसभापति र उनका पार्टीका नेताहरुलाई २१ केन्द्रिय सदस्य दिने सहमति गरेका थिए । देउवाले वचन दिए अनुसार अहिले काम नगरेको गच्छदारको गुनासो छ ।

पदाधिकारी मनोनितपछि देउवा र गच्छदारबीच राम्रो सम्बन्ध नरहेको कांग्रेस नेताहरुले बताउन थालेका छन् । गच्छदार पार्टीभित्र अहिले नयाँ गुट बनाउनेगरि सक्रिय छन् । उनले यो बीचमा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग नियमति छलफल तथा वार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...