सिपी मैनालीले भने मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर, हामीले आन्दोलन गर्न नपरोस



हाम्रो इकोनोमि

नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ ।

उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गर्दै भारत विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ ।

भारतीय इष्ट इण्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धि ९४ मार्च, १८१६० द्वारा हडपिएको ‘कोशी नदी पश्चिमदेखि राप्ती पूर्वको समथर भूभाग’ त्यसभन्दा धेरै पहिले नेपालमा एकीकृत भइसकेको भूभाग भएको हुँदा सो विषयमा सरकारले ऐतिहासिक तथ्यसहित भारत सरकारसमक्ष आपत्ति जनाई ती विचार फिर्ता गराउन विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...