मकालु एयरको जहाज हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त,जहाज ३ टुक्रा , दुवै पाइलटको मृत्यू



हाम्रो इकोनोमि

मकालु एयरको कार्गो बिमान दुर्घटना भएको छ । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट सिमिकोटका लागि उँडेको जहाज ४ घन्टा सम्पर्कबिहिन थियो ।

अहिले भर्खरै जुम्लाको बाहुनखर्कस्थित खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जहाजमा चालकलकका दुई सदस्य सवार थिए । चालकदलमा किरण भट्टराई र आदित्य नेपालीमात्रै थिए ।जसमध्ये १ जना पाइलटको क्षतविक्षत अवस्थामा फेला परेको भेटिएको छ ।

त्रिभुवन बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ हजार ८ सय फिटको उचाइमा जहाज ३ टुक्रा भएको अवास्थमा फेला परेको हो । दुर्घटनास्थलमा माउन्टेन एयरको जहाज अवतरण भइसकेको उनले बताए ।

जहाज सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो । यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...