सुर्खेतबाट सिमिकोट उडेको जहाज सम्पर्कविहीन, अझै विमान भेटिएको छैन



हाम्रो इकोनोमि

सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका छन् ।  कुरा गर्दै क्षत्रीले भने, ‘विमान भेटिएको अपुष्ट खबर मात्र आएको हो । विमान अझै पनि राडारको सम्पर्कमा आएको छैन ।’यसअघि जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो ।९ एन एजेयु कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए ।

यता, बाजुराका डिएस्पी कविन्द्र सिंह बोहोराले पनि एक स्थानीय पत्रकारले विमान बाजुराको बगरमा भेटिएको जानकारी दिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए ।

‘विमानले आकस्मिक अवतरण गरेको भन्ने खबर पाएका छौँ । तर, हामीले अहिलेसम्म आँखाले विमान देखेका छैनौँ,’ बोहोराले भने ।

उनका अनुसार बाजुरमा दुईवटा बगर रहेको छ, एउटा कर्णालीको बगर र बाजुराको बगर । बाजुराको वगर विक्षा चौकीबाट २ घण्टा टाढा रहेको र त्यहाँबाट प्रहरी हिनिसकेको उनले जानकारी दिए ।

कर्णालीको बगरका लागि प्रहरी पठाइसकेको उनले जानकारी दिए ।यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...