सुर्खेतबाट सिमिकोट उडेको जहाज सम्पर्कविहीन, अझै विमान भेटिएको छैन



हाम्रो इकोनोमि

सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका छन् ।  कुरा गर्दै क्षत्रीले भने, ‘विमान भेटिएको अपुष्ट खबर मात्र आएको हो । विमान अझै पनि राडारको सम्पर्कमा आएको छैन ।’यसअघि जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो ।९ एन एजेयु कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए ।

यता, बाजुराका डिएस्पी कविन्द्र सिंह बोहोराले पनि एक स्थानीय पत्रकारले विमान बाजुराको बगरमा भेटिएको जानकारी दिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए ।

‘विमानले आकस्मिक अवतरण गरेको भन्ने खबर पाएका छौँ । तर, हामीले अहिलेसम्म आँखाले विमान देखेका छैनौँ,’ बोहोराले भने ।

उनका अनुसार बाजुरमा दुईवटा बगर रहेको छ, एउटा कर्णालीको बगर र बाजुराको बगर । बाजुराको वगर विक्षा चौकीबाट २ घण्टा टाढा रहेको र त्यहाँबाट प्रहरी हिनिसकेको उनले जानकारी दिए ।

कर्णालीको बगरका लागि प्रहरी पठाइसकेको उनले जानकारी दिए ।यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...