सिन्डिकेट सिध्याउन ओली सरकारले यातायात समितिको सबै सम्पत्ति १५ दिन भित्रमा यसरी गर्ने भयो जफत



हाम्रो इकोनोमि

सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजविनलाई थप तीव्रता दिएको छ । आज गृह मन्त्रालयमा आयोजित बैठकमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई सो निर्देशन दिइएको हो ।

मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपाल लगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्बद्ध संघ–संस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र सफ्ट कपी तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन निर्देशन दिएको छ ।

यसअघि सिण्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत बैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।

सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २ सय ४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो । बैठकले बैंक खाता रोक्का गरिएका, ती समिति बाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका र अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने निर्णय गरेको छ । साथै बैठकले समितिहरुमा रहेको सम्पूर्ण रकम र त्यसको विवरण तयार पार्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...