३८ सय किलो सुन तस्करी गरेका गोरेको पक्षमा ज्यान फालेर लाग्ने वकिलको सुची यस्तो छ,प्रचण्डका सल्लाहकार पनि



हाम्रो इकोनोमि

३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा तस्करी र हत्याको आरोप लागेका व्यक्तिहरुका पक्षमा बहस गर्ने वकिलको संख्या एक सय नाघेको छ।

मोरङ जिल्ला अदालतमा चलिरहेको बहसको तेस्रो दिन मंगलबारसम्म ३० जना अभियुक्तहरुको पक्षमा यति धेरै कानुन व्यवसायीहरुले बहसका लागि नाम लेखाएका हुन्। काठमाडौंबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सुशील पन्त, विपुलेन्द्र चक्रवर्ती, रमण श्रेष्ठ, यदुनाथ खनाल लगायतका कानुन व्यवसायी छन्।रमण श्रेष्ठ प्रचण्डका कानुनी सल्लाहकार हुन्,उनी प्रचण्ड प्रधानमन्त्री हुदा सरकारको कानुनी सल्लाहकार महा न्याधिबक्ता थिए।

गत शुक्रबारबाट उक्त मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको थियो।
सरकारी वकिलका तर्फबाट ७ जनाले बहस गरेका थिए। आइतबार सरकारी वकिलको कार्यालयको बहसपछि प्रतीरक्षामा कानुन व्यवसायीहरु उत्रिएका हुन्। जिल्ला अदालतमा यो संख्या हालसम्मकै धेरै हो।

पहिलो दिन सुन तस्करी र हत्या प्रकरणमा जिल्ला अदालतमा बहसका लागि १० वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ८० जनाले नाम लेखाएका थिए। पहिलो दिन आइतबार राजधानीबाट गएका वरिष्ठ अधिवक्ताहरुलाई पालो दिइएको थियो। सोमबार र मंगलबार २५ जना अधिवक्ताले आफ्नो पक्षको बचाउमा बहस गरे।

प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।

सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको दाबी गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...