मोदीले दिएको यस्तो मन्त्र सुनेर लठ्ठिए मधेशी दल,पार्टी एकता गर्न भन्दै हुन थाल्यो छलफल



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किसके । तर, मोदी भ्रमणको ‘साइड इफेक्ट’ दुई मधेसी पार्टीमा देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोेरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणको विषय बाहिर आएको छ ।

फोरम नेपाल र राजपा नेपालका शीर्ष नेताहरुले प्रधानमन्त्री मोदीलाई भेटेपछि यो कुरा चर्चामा आएको हो । वैशाख २९ गते ह्यात होटलमा भएको छुट्टाछुट्टै भेटघाटमा प्रधानमन्त्री मोदीले दल शक्तिशाली भए सानातिना समस्या आफैं समाधान हुने भएकाले एकता गर्न दुबै पार्टीलाई सुझाव दिएका थिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका अध्यक्षमण्डलका सदस्यहरुसँग मोदीले छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रधानमन्त्री मोदीले शुरुमा राजपा नेपालका अध्यक्ष मण्डलमा रहेका छजना नेतासँग एकैपटक भेट गरेका थिए । त्यसपछि फोरम नेपालका अध्यक्ष यादवसँग भेटवार्ता भएको थियो ।

भेटघाटमा सहभागी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मोदीले मधेसी दलहरुलाई मिलेर अघि बढ्न सुझाव दिएको बताए ।

उनले भने, ‘मधेशमा अहिले देखिएको सुखद परिणाम दलहरुको बीचमा भएको एकताले नै सम्भव भएको हो । यसलाई कायम गर्नुस् भनि प्रधानमन्त्री मोदीको धारणा थियो ।’

केन्द्रमा राजनीतिक स्थायित्व र मधेशमा एकता भए मात्र अधिकारको लडाई जित्न सकिने भन्दै एकता गर्न प्रधानमन्त्री मोदीले सुझाव दिएको यादवले बताए ।

अलग अलग रहेका छवटा दल तमलोपा, सदभावना, फोरम गणतान्त्रिक, तमसपा र रामसपा एकीकृत भएर राजपा नेपाल बनेको थियो । एकताबाट अब फोरम नेपाल मात्र बाहिर रहेको छ ।
एक नेताका अनुसार प्रधानमन्त्री मोदीले जोड दिएर नै फोरम नेपालसँग एकीकरण गर्न राजपा नेपालका नेताहरुलाई भनेका थिए । फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार मधेश (प्रदेश २) मा रहेको छ ।

एकीकरण भएको अवस्थामा प्रदेशदेखि केन्द्रसम्म शक्तिशाली दल बन्ने र समस्या आफै समाधान हुने मोदीको तर्क रहेको थियो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री मोदीले एकीकरणमा जोड दिएको कुरा सही रहेको बताए ।

‘मधेशमा एकता नभएसम्म कुनै पनि अधिकार प्राप्तिको लडाईँ जित्न सकिँदैन भन्ने मोदीको धारणा थियो’, यादवले भने, ‘एमाले शक्तिशाली भएपछि विश्वको आकर्षण त्यो दलप्रति बढेको छ ।’

एक समय भारत र एमालेको सम्बन्ध राम्रो थिएन तर चुनावबाट शक्तिमा आएपछि भारतले सम्बन्ध सुधारको प्रयास गरिरहेको छ । हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि त्यसैको प्रयास भएको कतिपयको भनाई रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटघाटमा पनि एकतामै जोड दिएका थिए । उनले राजपा नेपालसँग एकीकरण गर्न सुझाव दिएका थिए । अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो पार्टी एकीकरणकै पक्षमा रहेको कुरा राखेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि होटल ह्यात परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले दुई देशबीचको कुटनीतिक सम्बन्धको विषयमा छलफल भएको बताएका थिए । यद्यपी फोरम र राजपा एकीकरणका विषयमा भएको कुराकानीको विषयमा केही बोलेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्