मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले कोर्रा हान्ने बुझे पछी मधेशी दल प्रतिरक्षामा यसरी उत्रिए



कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आलोचना भइरहँदा मधेशी गठबन्धनले उनको बचाउ गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका विषयवस्तु र आफ्नो असन्तुष्टिबारे बोलेका थिए।

प्रधानमन्त्री मोदीको अभिनन्दनका लागि बाह्र विगाह मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ‘संविधानको त्रुटी र विभेदका कारण मधेशीहरु पछाडि पारिएको’ बताएका थिए।

उक्त अभिव्यक्तिको विरोध प्रधानमन्त्री केपी शर्मा ओलीसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत गरेका छन्। संघीय संसदमा सत्तापक्ष र प्रतिपक्षका नेताले पनि मुख्यमन्त्री राउतको आलोचना गरे।

तर, मधेशी गठबन्धनले भने मुख्यमन्त्री राउतको अभिव्यक्ति जायज भएको प्रतिक्रिया दिएको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमवार चितवनमा सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतको अभिव्यक्ति जायज भएको बताएका छन्।

‘प्रदेश २ का मुख्यमन्त्री राउतले मुलुक र प्रदेशको वस्तुस्थिति बारे याथार्थ बोलेका छन्,’ यादवले भने, ‘उहाँले नेपालको अवस्थालाई उजागर गर्ने प्रयत्न गर्नुभएको हो, सत्य कुरा तीतो भएको मात्र हो।’

यादवले नेपाल सरकारले भारतीय सेना बोलाएर देशको बेइज्जती गरेको आरोपसमेत लगाए। पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले केन्द्र सरकारले नै कुटनीतिक मर्यादा विपरीत काम गरेको आरोप लगाए।

मधेशी गठबन्धनको अर्को दल एवं प्रदेश दुईको सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि मुख्यमन्त्री राउतको बचाउ गरेको छ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मुख्यमन्त्री राउतले जनताको भावना व्यक्त गरेको प्रतिक्रिया दिए।

‘मुख्यमन्त्री राउतजी मधेशी जनतको प्रतिनिधि पनि हुनुहुन्छ। उहाँले जनताको भावना व्यक्त गर्नु भएको हो,’ पहिलोपोस्टसँग यादवले भने, ‘उहाँले जे जानकारी गराउनु भयो, त्यो जायज हो। अरुले विरोध गर्नु स्वभाविक हो। विरोधीहरुलाई त्यो कुरा पचेन।’

केन्द्र सरकारले आफ्नो गल्तीहरु लुकाउन मुख्यमन्त्री राउतलाई चर्चामा ल्याइरहेको आरोप यादवले लगाए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्