ओली र मोदीकै सामुन्ने नेपालको झन्डा बिगार्ने ४ भाईलाई मन्त्री लालबाबु पण्डितले सोधे यस्तो स्पष्टीकरण



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा जनकपुरको जानकी मन्दिरमा नेपालको राष्ट्रिय झन्डा बिगारिएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चार जनासँग स्पष्टीकरण मागेका छन्।

मन्त्री पण्डितले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई राष्ट्रिय झन्डाको अपमान गरिनुको कारण माग्दै स्पष्टीकरण सोधेका हुन्। उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओली र मोदीको संयुक्त सम्बोधनका क्रममा नेपाली झन्डाको स्वरुप बिगारेर अपमान गरिएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार नै स्पष्टीकरणसहितको पत्र पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...