२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती, कुटपिटबाट ४ जन्ती घाइते



हाम्रो इकोनोमि

पर्सामा दुलही लिन आएको जन्ती रित्ताे हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो । वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो । जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो ।

 

जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन नमानेपछि बेहुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो ।

मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । विवादपछि राति नै वडा प्रहरी कार्यालय, श्रीपुरबाट प्रहरी टोली विवाहस्थल पुगेको थियो । तर प्रहरीको प्रयास सार्थक हुन सकेन । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार मैनालीले विवाद मिलाएर विवाह अघि बढाउने प्रयास गरे पनि नसकिएको बताए ।

विवाहमा धोती लगाएर मण्डपमा बस्नुपर्ने परम्परा भए पनि बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थिए । विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो । कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रालगायत चार जना घाइते समेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

झगडाको भित्री कारण दाइजो

स्रोतका अनुसार झगडाको बाहिरी कारण जे सुकै देखिए पनि भित्री कारण भने दाइजो भएको बताइएको छ ।केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमा समेत विवाद भएको बुझिएको छ ।

कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार जति मात्रै मोटरसाइकलका लागि दिएपछि केटी पक्ष असन्तुष्ट थिए । विवाहको दिनमा दुलाहाका दाइले जन्तीका लागि खाने कुरा मिठो नभएको भन्दै असन्तुष्टी जनाएका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक मैनालीले दुवै पक्षलाई सम्झाइ–बुझाइ थप विवाद नगर्ने गरी पठाएको जानकारी दिए । ‘ लगभग विवाह सक्कीसके पछि विवाद भएको रहेछ । केटा र केटी दुवै विवाह गर्न राजी देखिए ।’ उनले भने ‘ दुवै पक्षलाई बसाएर अब आईन्दा झै झगडा नगर्ने वाचा गरेपछि छोडि दिएको छु ।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...