वर्षाले मन्थली अस्तव्यस्तः सात जना विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा



हाम्रो इकोनोमि

आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थली बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ ।

कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा बाढीले असर पुगेको छ ।

बसपार्कमा आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले पुरिएका छन् । बाढीले सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार थालेका थिए ।

अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ । तर सहज आवागमन भएको छैन । सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन् ।

यसैबीच, एघार कक्षाको परीक्षा दिन आएका ७ जना विद्यार्थीलाई बाढीले बगाएको थियो । बाढीले बगाएका मध्ये ६ जनाको उद्दार गरिएको छ। एक जना अझै हराई रहेका छन् ।

बाढीले बगाएका कारण उनीहरु परीक्षा दिन नसकेर फर्केको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...