वर्षाले मन्थली अस्तव्यस्तः सात जना विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा



हाम्रो इकोनोमि

आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थली बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ ।

कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा बाढीले असर पुगेको छ ।

बसपार्कमा आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले पुरिएका छन् । बाढीले सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार थालेका थिए ।

अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ । तर सहज आवागमन भएको छैन । सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन् ।

यसैबीच, एघार कक्षाको परीक्षा दिन आएका ७ जना विद्यार्थीलाई बाढीले बगाएको थियो । बाढीले बगाएका मध्ये ६ जनाको उद्दार गरिएको छ। एक जना अझै हराई रहेका छन् ।

बाढीले बगाएका कारण उनीहरु परीक्षा दिन नसकेर फर्केको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...