गोरेको परिवार नै सुन तस्करीमा, भाइ सुन पठाउने, श्रीमती र प्रेमिकाले हिसाब राख्ने



तस्करीको साढे ३३ किलो सुन कहाँ छ भन्ने कुरा अझै गुमनाम रहे पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडिएका नयाँ नयाँ तथ्य भने लगातारजसो बाहिर आइरहेका छन् । साढे ३३ किलो सुन तस्करीको मुख्य योजनाकार मानिंदै आएका ‘गोल्ड डन’ ‘गोरे’ अर्थात चुँडामणि उप्रेतीको नयाँ रहस्य बाहिर आएको छ ।

सुन काण्डमा मुछिएकाहरुले मोरङ जिल्ला अदालतमा दिएको बयानले गोरेको कारोबारमा साथीभाइको मात्र सहयोग नभई परिवारकै सहयोग रहेको भेटिएको । गोरेको परिवार नै सुन तस्करीमा रहेको बयानका तथ्यहरुले उजागर गरेको छ ।

गोरेका भाइ पनि सुन तस्कर

गोरेका बुबा नेत्रप्रसाद उप्रेती प्रहरीमा जागिरे थिए । तर, बाबुको पेशामा छोराहरू भने रमाउन नसकेको उनीहरु कारोबारले स्पष्ट पारेको छ । गोरेले बाबुको दबाबमा भारतीय आर्मीबाट जागिरे जीवन त थाले तर, त्यहाँ उनी टिक्न सकेनन् । आर्मीमा लागेको एक वर्षपछि नै उनी भागेर खाडी मुलुक कुवेत पुगे । त्यहाँदेखि उनको सुन तस्करीको व्यापार शुरु भयो । गोरे आफू मात्र होइन भाइलाई समेत तस्करीको साझेदार बनाएका थिए ।

दुबईमा रहेका गोरेका भाइ रमेश उप्रेतीले तस्करीको सुन बोकाएर नेपाल पठाउने गरेको आरोप अभियोगपत्रमा छ । ३३ किलो सुन हराएको जानकारी रमेशलाई पहिले नै थियो । गोरेले फोनमार्फत् हराएको सुन खोजी भइरहेको समेत उनलाई जानकारी दिएका थिए । सनमको हत्या भएको दिन गोरेले सबैभन्दा पहिलो जानकारी दिने व्यक्ति उनै रमेश भएको अभियोगपत्रमा प्रतिवादीहरुको बयानबाट खुल्छ ।

सनमको हत्याको जिम्मा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र नरेन्द्र कार्कीलाई लिन लगाउने र दाइ ‘गोरे’ लाई बचाउने उनै रमेशको योजना थियो । रमेशले प्रहरीले पक्राउ गरेपछि केस मिलाउने र उनीहरूको परिवारलाई ५० लाख रुपैयाँ दिने आश्वासन समेत दिएका थिए ।
‘जे जस्तो भई गयो, तिमी र टेकराज मल्ल ठकुरी मिलेर प्रहरी समक्ष आत्मसमर्पण गर । हामी तिमीहरूलाई हेर्छौ,‘ सनमको हत्यापछि रमेशले फोनमा आफूलाई भनेको मोहन काफ्लेले बयान दिएका छन् । ३३ किलो सुन हराएपछि खोज्न लागि भन्दै रमेश भारतको सिलगुढी समेत पुगेको जनाइएको छ ।

सुनकाण्डको सहयोगीमा गोरेका श्रीमतीदेखि ससुराली र प्रेमिकासम्म

‘गोल्ड डन’ भनेर चिनिएका गोरेले आफ्नो तस्करी कारोबारमा श्रीमती, भाइलाई मात्र होइन, ससुराली र प्रेमिकालाई समेत सहयोगी बनाएको घटना अनुसन्धान र आरोपीहरुको बयानबाट खुलेको छ । यतिसम्मकी उनको कारोबारमा मुख्य लगानीकर्ता नै श्रीमती र प्रेमिका देखिएका छन् । भोजपुर घर भई हाल गौरीघाटमा बस्दै आएकी रक्षा भण्डारी गोरेकी प्रेमिका भएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दिएको छ । रक्षाका बाबु रुद्राक्षको व्यापार गर्छन् । २०६९ सालदेखि गोरेले रक्षालाई सुन तस्करीमा संलग्न गराएको र ‘गोरे’ विदेशमा भएका बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

स्रोतले दावी गर्छ, ‘गोरेले सम्पूर्ण आर्थिक हिसाब किताब रक्षाको जिम्मा लगाएका थिए ।’ गोरेले अवैधरुपमा विमानस्थलबाट भित्र्याएको सुन उनकै कोठामा लगेर राख्ने गरेको समेत खुलेको हो । सुन तस्करीमा लागेपछि रक्षाको जीवनस्तर नै बदलिएको छ । श्रीमती, भाइ र प्रेमिकालाई मात्र होइन गोरेले ससुरालीलाई पनि सुन तस्करीमा संलग्न गराएको देखिएको छ । ६३ जनालाई प्रतिवादी बनाएको अभियोग पत्रमा गोरेका काका ससुरा समेत कारोबारमा संलग्न देखिएका छन् ।प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भए पनि फरार रहेका अर्जुनप्रसाद खरेल गोरेका काका ससुरा हुन् । मोरङ गोविन्दपुर गाविस बस्ने ३८ वर्षीय खरेलको गोरेसँग सुन तस्करीमा संलग्न देखिएको छानबिन समितिको ठहर छ । ‘गोरे’ की श्रीमती निरु भनिने नर्वदा खरेलले पनि आर्थिक व्यवस्थापनमा गोरेलाई सहयोग गरेर थप तस्करी गर्न उक्साएको स्पष्ट । निरु गोरेको कुकर्मलाई लुकाउन र तस्करीको सम्पतिमा रमाउनतिर लागेको आरोपितहरुको बयानले स्पष्ट पारेको छ ।नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्