रंग न ढंगको काम गरेर कांग्रेसलाई तन्नम पार्ने देउवालाई मोदीले ओली संग पाठ सिक्नु भन्दै दिए यस्तो अर्ती



हाम्रो इकोनोमि

दुई दिने नेपाल भ्रमणको क्रममा हिजो स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच भेटवार्ता भएको थियो ।

मोदीले कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । मोदीले कांग्रेसले निर्वाचनमा व्यहोरेको हारप्रति लक्षित गर्दै चुनाव हार्दैमा आँत्तिन नहुने सुझाव दिएको स्रोतको दाबी छ । मोदीले देउवालाई ओली जी संग सिक्न र सहयोग गर्न समेत भनेको श्रोतको भनाइ छ।

भेटमा सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएको र मोदीले नेपाल भ्रमण सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।

मोदीले दुबै देशको साझा उद्देश्य विकास भएको उल्लेख गर्दै आपसमा हुने भ्रमणले एक–अर्काको विकासबारे जानकारी हुने भएकाले प्रदेश र स्थानीय सरकारस्तरका भ्रमण पनि हुनु पर्ने बताएका थिए ।

मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...