रंग न ढंगको काम गरेर कांग्रेसलाई तन्नम पार्ने देउवालाई मोदीले ओली संग पाठ सिक्नु भन्दै दिए यस्तो अर्ती



हाम्रो इकोनोमि

दुई दिने नेपाल भ्रमणको क्रममा हिजो स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच भेटवार्ता भएको थियो ।

मोदीले कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । मोदीले कांग्रेसले निर्वाचनमा व्यहोरेको हारप्रति लक्षित गर्दै चुनाव हार्दैमा आँत्तिन नहुने सुझाव दिएको स्रोतको दाबी छ । मोदीले देउवालाई ओली जी संग सिक्न र सहयोग गर्न समेत भनेको श्रोतको भनाइ छ।

भेटमा सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएको र मोदीले नेपाल भ्रमण सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।

मोदीले दुबै देशको साझा उद्देश्य विकास भएको उल्लेख गर्दै आपसमा हुने भ्रमणले एक–अर्काको विकासबारे जानकारी हुने भएकाले प्रदेश र स्थानीय सरकारस्तरका भ्रमण पनि हुनु पर्ने बताएका थिए ।

मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...