दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, बस काटेर शव निकालियो (घाइतेको नामावलीसहित)



हाम्रो इकोनोमि

 महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।  ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा ३१ जना इते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

मृत्यु हुनेमा गाडी चालक कैलाली चौमालाका बिर बहादुर थारुलगायत रहेका छन् । अन्य मृतकको सनाखन हुन सकेको छैन् । उनीहरूको जिल्ला अस्पताल विजुवारमा आएपछि सनाखत हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । सरुमारानी गाउँपालिका–४ स्थित बडडाँडा बजार नजिक ओरालो बाटोमा बस दुर्घटनामा परेको थियो ।

पाँच जनाको शव बिजुवार प्यूठानको शवगृहमा रहेको र १ जना महिलाको शव बसबाट निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते चारजनाको लुम्बिनी अस्पताल बुटवल र २१ जना जिल्ला अस्पताल बिजुवार प्यूठान पठाइएको प्रहरीले जानकारी दिएको छ  ।

प्रहरीले यात्रुहरुको सामान इलाका प्रहरी कार्यालय बिजुवार प्यूठानमा ल्याउने कार्य भइरहेको र सामानहरुको एकिन भए पश्चात ईलाका प्रहरी कार्यालय बिजुवार, प्यूठानबाटै भरपाई गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल बिजुवार, प्यूठानमा उपचारत घाइतेहरुको विवरण 

१। जिल्ला प्यूठान मल्लरानी गापा ३ चोरपानी बस्ने बर्ष ३८ को तिर्थराज पोख्रेल

२। जिल्ला रुपन्देही कञ्चन गापा वडा नं२ गजेडी बस्ने जर्ष ३५ को गोविन्द अर्याल (डिस्चार्ज)

३। जिल्ला गुल्मी अग्लेदह बस्ने बर्ष ४५ को तारा बिष्ट

४। जिल्ला दैलेख दुल्लु न।पा।११ कालभैरब बस्ने बर्ष २५ की हिमा बोहरा (डिस्चार्ज)

५। ऐ।ऐ। बस्ने बर्ष २५ को जगदिश खत्री

६। ऐ।ऐ।बस्ने बर्ष २ को रिगल खत्री (डिस्चार्ज)

७। जिल्ला रुपन्देही कञ्चन गा।पा।वडा नं।२ बस्ने बर्ष २९ की हिमला अर्याल

८। ऐ।ऐ।बस्ने बर्ष ७ को सफल अर्याल (हाल बुटवल रिफर)

९। जिल्ला प्यूठान प्यूठान न।पा।३ साडेखोला बस्ने बर्ष २६ को इश्वर खड्का (डिस्चार्ज)

१०। जिल्ला रोल्पा सुवर्णवती गा।पा।२ बस्ने बर्ष १६ सपना विक।

११। ऐ।ऐ।बस्ने बर्ष ४५ को शेर बहादुर विक।

१२। जिल्ला बैतडी पुरचौरे न।पा।६ बस्ने बर्ष २२ को प्रकाश सावद

१३। जिल्ला चितवन चितवन नपा१७ बस्ने बर्ष ७३ को राजेन्द्र प्रसाद तिमिल्सिना

१४। जिल्ला प्यूठान मल्लरानी गापाबस्ने बर्ष २० की सुष्मा चौधरी (डिस्चार्ज)

१५। जिल्ला कञ्चनपुर डेटकोट नपा६ बस्ने बर्ष २३ को सुनिल रानामगर (डिस्चार्ज)

१६। जिल्ला प्यूठान झिमरुक गापा ३ बस्ने बर्ष २१ को प्रेम के।सी। (डिस्चार्ज)

१७। जिल्ला रोल्पा सुवर्णावती गापा ९ हरिगाउ बस्ने बर्ष २१ को बिजय सुनार ( हाल कोहलपुर रिफर)

१८। जिल्ला प्यूठान गौमुखी गा।पा।वडा नं४ अर्खा बस्ने बर्ष १५ को थमजित विक।

१९। जिल्ला कैलाली गौरीगंगा न।पा। वडा नं ३ बस्ने बर्ष २२ को राजेश चौधरी

२०। जिल्ला प्यूठान झिमरुक गा।पा।वडा नं६ दहखोला बस्ने बर्ष ४९ की गोमा गिरी (हाल बुटवल रिफर)

२१। जिल्ला प्यूठान माण्डवी गा।पा।वडा नं १ कुमालटार बस्ने बर्ष ३८ को बसन्त शर्मा (हाल कोहलपुर रिफर)
सेत जिप्रका प्युठान

फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...