होशियार तपाँइको जग्गापनि खाइदेला दलालले, जग्गाधनी बेखबर, दलालले बेचे साढे ३ करोड मूल्य पर्ने जग्गा



हाम्रो इकोनोमि

नापी र मालपोत कार्यालय पर्साका कर्मचारीको मिलेमतोमा रोक्का रहेको करोडौं मूल्यको जग्गा पटकपटक किनबेच भएको खुलेको छ । वीरगन्ज महानगरपालिकाले रोक्का गरिरहेकै अवस्थाको नगरको मुटुमा रहेको झन्डै साढे ३ करोड मूल्य पर्ने १ कट्ठा जग्गा सम्बन्धित पक्षले थाहै नपाई चारपटकसम्म किनबेच भएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्वर १० आदर्शनगरस्थित कित्ता नम्बर ८१७ को १ कट्ठा जग्गा महानगरपालिकाले समेत थाहा नपाई किर्ते प्रमाणपुर्जा निर्माण गरी बिक्री गर्दै अहिले नजमा बेगमको नाममा लगत खडा भएको मालपोत कार्यालय पर्साको तथ्यांकले देखाएको छ । नजमा तेस्रो पक्ष हुन् । उनले गत २० चैतमा चौथो पक्षलाई बिक्री गर्न लागेको अवस्थामा वीरगन्ज महानगरपालिका (पहिलो पक्ष) ले बल्ल थाहा पाएको छ । साबिक उपमहानगरपालिका–१३ हालको महानगरपालिका–१० को नगर विकासको प्लटिङको ८१७ कित्ता नम्बरको १ कट्ठा जग्गा २०६१ सालअघि पनि नापी कार्यालय पर्सा र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको थियो, आजको राजधानी दैनिकमा विस्तृत खबर छापेको छ  ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...