होशियार तपाँइको जग्गापनि खाइदेला दलालले, जग्गाधनी बेखबर, दलालले बेचे साढे ३ करोड मूल्य पर्ने जग्गा



हाम्रो इकोनोमि

नापी र मालपोत कार्यालय पर्साका कर्मचारीको मिलेमतोमा रोक्का रहेको करोडौं मूल्यको जग्गा पटकपटक किनबेच भएको खुलेको छ । वीरगन्ज महानगरपालिकाले रोक्का गरिरहेकै अवस्थाको नगरको मुटुमा रहेको झन्डै साढे ३ करोड मूल्य पर्ने १ कट्ठा जग्गा सम्बन्धित पक्षले थाहै नपाई चारपटकसम्म किनबेच भएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्वर १० आदर्शनगरस्थित कित्ता नम्बर ८१७ को १ कट्ठा जग्गा महानगरपालिकाले समेत थाहा नपाई किर्ते प्रमाणपुर्जा निर्माण गरी बिक्री गर्दै अहिले नजमा बेगमको नाममा लगत खडा भएको मालपोत कार्यालय पर्साको तथ्यांकले देखाएको छ । नजमा तेस्रो पक्ष हुन् । उनले गत २० चैतमा चौथो पक्षलाई बिक्री गर्न लागेको अवस्थामा वीरगन्ज महानगरपालिका (पहिलो पक्ष) ले बल्ल थाहा पाएको छ । साबिक उपमहानगरपालिका–१३ हालको महानगरपालिका–१० को नगर विकासको प्लटिङको ८१७ कित्ता नम्बरको १ कट्ठा जग्गा २०६१ सालअघि पनि नापी कार्यालय पर्सा र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको थियो, आजको राजधानी दैनिकमा विस्तृत खबर छापेको छ  ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...