सर्वोच्चको फैसला पनि कीर्ते, गाँजाभाङ खेती गरे जेल



हाम्रो इकोनोमि

जेलमा रहेका एक कैदीले आफू मुक्त हुन सर्वोच्च अदालतको नक्कली फैसला गरेको पाइएको छ ।

लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्वोच्चबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेस गरेको नागरिक दैनिकमा खबर छ ।

सुनिललाई काभ्रे घर भई सामाखुशी बस्ने नानु तामाङ भेट्न गएका थिए ।

उनले सर्वोच्चबाट वैशाख २० मा अवकाश पाइसकेका न्यायाधीशले संयुक्त इजलासबाट फैसला भएको भन्दै फोटोकपी लगेर जेलमा रहेका दाजु सुनिललाई बुझाएका थिए ।

तामाङले आफू एक वर्षअघि नै छुट्न पाउनुपर्ने दाबी गर्दै कारागार प्रशासनमा पत्र बुझाएपछि नक्कली फैसला भएको खुलेको हो ।
तामाङले बुझाएको किर्ते फैसलामा न्यायाधीश प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले वैशाख २० गते फैसला सुनाएको उल्लेख छ ।

गाँजाभाङ खेती गरे पनि जेल

लागुऔषध मानिएका गाँजा, भाङ, धतुरो र चरेस खेती गर्नेलाई जेलसमेत हाल्नेगरी नयाँ नीति तथा योजना ल्याइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध नियन्त्रण गर्न आवश्यक नीति तथा योजना बनाउन मन्त्रालय प्रशासनलाई निर्देशन दिएपछि यसको गृहकार्य थालिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...