प्यूठानमा यात्रुवाहक बस दुर्घटना, ५ जनाको मृत्यु , २० जना घाइते



प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खाेला नजिकै दुर्घटना हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ । २० जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । फाईल तस्बिर

धादिङमा भारतीय ट्रकमा आगजनी

धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ ।

धादिङको धुनिबेशी-६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगो कसले लगायो भन्ने यकिन भएको छैन । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।

आईपीएलको डेब्यूमै सन्दिपले लिए विकेट

नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए ।

तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउादा अभिशेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए ।

बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

उनले ४ ओभरमा २५ रन दिए ।

बोल्ट र सन्दिपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।

यो हारसँगै दिल्ली समूह चरणको २ खेल बााकी छादै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन