नाकाबन्दीको घाउमा मल्हम लगाउदै मोदीले यस्तो मिठो भाषण गरे



हाम्रो इकोनोमि

काठमाडौँ महानगरपालिकाले गरेको अभिनन्दन कार्यक्रममा शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले शस्त्रलाई तोडेर स्नेहलाई जोडेको बताएका छन्। उनले रसिलो भाषण गर्दै नाकाबन्दीको घाउ धुने प्रयास गरेका छन्।

उनले काठमाडौं पवित्र धर्ती भएको र आफूलाई यसलाई जहिल्यै आकर्षित गर्ने गरेको बताए। काठमाडौँलाई हिमालको काखमा बसेको एक दिव्‍य भव्य महलको उपमा दिँदै मोदीले यो हिमालको रत्‍न भएको बताए।

हजारौँ मन्दिर र बौद्ध विहारले काठमाडौँको सौन्दर्य बढाएको चर्चा गर्दै उनले यहाँको हावामा धेरै परम्पराको चन्दनको रोली भएको उल्लेख गरे। गंगाको तटमा काशी विश्‍वनाथ र बागमतिमा पशुपतिनाथ भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच हजारौँ वर्षको साझा विरासत भएको उल्लेख गरे।

उनले नेपालमा आशा, उज्वल भविष्य र सुखी नेपालीको भिजन भएको र नेपालीले यसलाई बनाउन सक्ने बताए। उनले रेल र हाइड्रोपावरमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...