नाकाबन्दीको घाउमा मल्हम लगाउदै मोदीले यस्तो मिठो भाषण गरे



हाम्रो इकोनोमि

काठमाडौँ महानगरपालिकाले गरेको अभिनन्दन कार्यक्रममा शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले शस्त्रलाई तोडेर स्नेहलाई जोडेको बताएका छन्। उनले रसिलो भाषण गर्दै नाकाबन्दीको घाउ धुने प्रयास गरेका छन्।

उनले काठमाडौं पवित्र धर्ती भएको र आफूलाई यसलाई जहिल्यै आकर्षित गर्ने गरेको बताए। काठमाडौँलाई हिमालको काखमा बसेको एक दिव्‍य भव्य महलको उपमा दिँदै मोदीले यो हिमालको रत्‍न भएको बताए।

हजारौँ मन्दिर र बौद्ध विहारले काठमाडौँको सौन्दर्य बढाएको चर्चा गर्दै उनले यहाँको हावामा धेरै परम्पराको चन्दनको रोली भएको उल्लेख गरे। गंगाको तटमा काशी विश्‍वनाथ र बागमतिमा पशुपतिनाथ भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच हजारौँ वर्षको साझा विरासत भएको उल्लेख गरे।

उनले नेपालमा आशा, उज्वल भविष्य र सुखी नेपालीको भिजन भएको र नेपालीले यसलाई बनाउन सक्ने बताए। उनले रेल र हाइड्रोपावरमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...