मोदीको विरोधमा निस्किएका गजुरेलसहितका नेता रत्नपार्कबाट पक्राउ
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा सडकमा उत्रिएका नेकपा क्रान्तिकारीका २९ जना नेतालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सिपी गजुरेलसहितका नेताहरुलाई रत्नपार्कबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ५ जना महिलाहरु छन्।
परिसर काठमाडौंका डीएसपी मोहन बहादुर थापाका अनुसार मोदीको भ्रमणको विरोधमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पनि शनिबार पक्राउ गरेको हो। नाकाबन्दी लगाउने मोदीलाई नागरिक अभिनन्दन गरिएको भन्दै आलोचना भइरहेको छ।