काठमाडौं महानगरपालिकाले मोदीलाई गर्यो यसरी यस्तो अभिनन्दन



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरेको छ। शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी महानगरपालिकाले मोदीलाई नागरिक अभिन्दन गरिएको हो। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचोको प्रतीक हस्तान्तरण गरेर अभिनन्दन गरेका हुन्।

अभिनन्दनमा महानगरपालिकाले मोदीको प्रशंसामा प्रशस्त शब्द खर्चिनुका साथै नेपाललाई पुर्‍याएको सहयोगको आभार व्यक्त गरेको छ।

‘प्राकृतिक रुपमा सुन्दर, शान्त, सौम्य, सुरक्षित, ऐतिहासिक र सांस्कृतिक महत्वको नगरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सङ्घीय राजधानी काठमाडौं महानगरपालिकामा मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम प्रधमानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई हार्दिक स्वागत गर्न पाउँदा सम्पूर्ण नगरवासी गौरवान्वित भएका छौं’, अभिनन्दन पत्रमा भनिएको छ।

महानगरपालिकाले संविधान कार्यान्वयनबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी पनि गराएको छ। ‘ऐतिहासिक संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी गरेपश्चात् स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सम्पन्न भई संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ’, भनिएको छ, ‘संविधानले अङ्गीकार गरेको विविधता बीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताले नेपालीको स्वाभिमानलाई थप उचाइमा पुर्‍याएको छ।’

‘नेपालको संविधानले सबै प्रकारका भेदभावको अन्त्य गरी सुशासन, आर्थिक समृद्धि, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने आधारशीला खडा गरिसकेको छ भने सङ्घीयता, लोकतन्त्र एवम् गणतन्त्र संस्थागत भइसकेको छ।’

अभिनन्दनमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई एक कुशल कार्यकारी नेतृत्व भएको भनी प्रशंसा गरिएको छ। ‘मित्रराष्ट्र भारतले एक कुशल, प्रबुद्ध र सुयोग्य कार्यकारी नेतृत्व पाएको हामीले महशुस गरेका छौं’, अभिनन्दनमा भनिएको छ, ‘महामहिमले छिमेक तथा अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनु भएको विकासका कार्यक्रम सह्रानीय छन्।’

गुजरातमा आएको भुकम्प पछिको पुनर्निर्माणलाई अनुकरणीय भनिएको छ। ‘विनाशकारी भूकम्पबाट पाठ सिक्दै यहाँको सफल नेतृत्वमा गुजरातले गरेको विकास र समृद्धि हाम्रा लागि अनुकरणीय छ। वि स २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात् भारत सरकार र भारतीय जनताले उपलब्ध गराएको सहयोगप्रति हामी आभारी छौं’, अभिनन्दनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...