मोदीले प्रचण्डलाई सोडा हाल्दै एक्लै झुलाए यसरी आधा घण्टा,यस्तो भयो गम्भीर कुरा



नेपाल भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै भेटवार्ता भएको छ।

राजधानीको होटल हायतमा दुई नेताबीच झन्डै आधा घन्टा एक्लाएक्लै वार्ता भएको हो।
भारतीय विदेश मन्त्रालयले वार्तामा द्वीपक्षीय सम्बन्ध मजबुद् बनाउने विषयमा कुरा भएको उल्लेख गरेको छ। दाहालको सचिवालयले भने भेटमा भएको कुराकानीबारे केही खुलाएको छैन।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत उपस्थित थिए।

भेटमा सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएको र मोदीले नेपाल भ्रमण सफल भएकोमा खुसी व्यक्त गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

मोदीले दुबै देशको साझा कुरा विकास भएको उल्लेख गर्दै आपसमा हुने भ्रमणले एकअर्काको विकासबारे जानकारी हुने भएकाले प्रदेश र स्थानीय सरकारस्तरका भ्रमण पनि हुनु पर्ने बताए।

‘नेपाल–भारतबीच राजनीतिक भ्रमणको आदान–प्रदान एकदमै महत्वपूर्ण छ,’ मोदीलाई उद्धृत गर्दै निधिले भने, ‘तपाईँहरूले सातै प्रदेशमा सरकार बनाउनु भएको छ, स्थानीय तहमा पनि सरकार छन्। उहाँहरूले पनि भारत भ्रमण गरे हुन्छ। दिल्ली र बनारसमात्र होइन अन्य ठाउँमा पनि आउनुस्, भारतले कसरी विकास गरेको रैछ भन्ने हेर्न पाइन्छ।’

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन