११ सय रुपैयाँको विशेष पूजा गर्दै यसरी शुरु गरे मोदीले पशुपतिमा भब्य पूजा



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको पूजा गरेका छन्। दिउँसो पौने ११ बजे पशुपतिनाथको मन्दिरमा पुगेका उनले करिब ४५ मिनेट पूजा गरेका थिए।

प्रधानमन्त्री भएपछि मोदीले पशुपतिनाथमा दोस्रोपटक पूजा गरेका हुन्। मोदीले १०८ ब्राह्मणका साथमा विशेष पूजा गरे।

आजै बिहान मोदीले मुक्तिनाथमा पूजाआजा गरेका थिए। उनले शुक्रबार जानकी मन्दिरमा पनि पूजा गरेका थिए।

यस पटकको नेपाल भ्रमणमा मोदीले राजनीतिक भेटघाटलाई भन्दा बढी पूजाआजा र तीर्थयात्रामा महत्व दिएको जस्तो देखिएको छ।
करिब एक घण्टा पशुपतिमा बिताउने मोदीले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष पूजा गरेका छन् ।

त्यस्तै मोदीले पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरिरहेका छन् । प्रधानमन्त्री मोदीले आजै मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका छन् । उनी मुक्तिनाथबाट सिधै पशुपति पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...