विज्ञान तथा प्रविधि मन्त्रालयकन उपसचिवमाथि कार्यकक्षमै किन हाने मुक्का, सिसाको जगले टाउकोमा हान्दा रगताम्य



हाम्रो इकोनोमि

विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा शाखामा कार्यरत उपसचिव विदुरराज गिरीमाथि सांघातिक आक्रमण भएको छ ।
बिहिबार गिरीमाथि गोविन्दराज पौडेल र  कानून व्यवसायी  बताउने कोषराज काफ्लेसहितका ४–५ जनाको समूहमा आएका व्यक्तिहरुले कार्यकक्षमै सांघातिक आक्रामण गरेको मन्त्रालयका सह–सचिव बालकृष्ण पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गिरीमाथि सो समूहले टाउकोमा मुड्कीले हानेको र सिसाको जगले समेत फेरि प्रहार गर्दा बसिराखेको कुर्सीबाट लडी रगताम्म हुन पुगेका थिए । सोपछि पौडेल र काफ्लेलाई शाखाकै कार्यालय सहयोगी सिद्धिबहादुर महर्जन र सीमा लामाले रोक्न सफल भएपछि थप  आक्रमण  विफल भएको विज्ञप्तिमा उल्लेख छ ।
घटनापछि महानगरीय सुरक्षागण सिंहदरबार र महानगरीय प्रहरी बृत्त अनामनगरबाट गएको प्रहरी टोलीलाई उनलाई उद्दार गरी उपचारको लागि ट्रमा सेन्टर लगेको र त्यही उपचार भइरहेको बताइएको छ ।
विद्यालय कर्मचारीको सेवा सर्तसम्बन्धि विषयको सेवा सुविधा नदिएको भन्दै आक्रोशमा आएर आक्रमण भएको बुझिएको छ ।
सहसचिव पन्थीले अभियुक्तलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...