मोदी मुक्तिनाथमा, भारतीय सुरक्षाकर्मीको विशेष टोली परिचालित, मोदीलाई शालिग्राम उपहार



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ पुगेका छन् । मोदी बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुक्तिनाथ पुगेका हुन् ।

उनी मुक्तिनाथ मन्दिर नजिक बनाइएको हेलिप्याडमा अवतरण गरेका थिए । उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए ।

त्यसपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम मोदीलाई उपहार दिनेछन् । करिब एक घण्टा मुक्तिनाथमा बिताएपछि मोदी काठमाडौं फर्किने छन् ।

काठमाडौं आएपछि उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नेछन् । त्यसपछि मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने छन् ।

चीनसँग सीमा जोडिएको मुक्तिनाथमा मोदी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले शुक्रबार बेलुका ४ बजेदेखि नै शनिबार मोदी नफर्किउन्जेलसम्म मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । पर्यटकलाई पनि पुराङ र रानीपौवा बजारमा प्रवेश निषेध गरिएको छ ।

मुस्ताङका सबै सीमामा कडाइ गरिएको छ । अन्नपूर्ण पदमार्ग बन्द गरिएको छ । मुक्तिनाथ मन्दिर वरपर पनि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा प्रवन्ध मिलाउन बिहीबारदेखि नै भारतीय सुरक्षाकर्मीको विशेष टोली मुक्तिनाथमा परिचालित छ ।

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...