मोदी मुक्तिनाथमा, भारतीय सुरक्षाकर्मीको विशेष टोली परिचालित, मोदीलाई शालिग्राम उपहार



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ पुगेका छन् । मोदी बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुक्तिनाथ पुगेका हुन् ।

उनी मुक्तिनाथ मन्दिर नजिक बनाइएको हेलिप्याडमा अवतरण गरेका थिए । उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए ।

त्यसपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम मोदीलाई उपहार दिनेछन् । करिब एक घण्टा मुक्तिनाथमा बिताएपछि मोदी काठमाडौं फर्किने छन् ।

काठमाडौं आएपछि उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नेछन् । त्यसपछि मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने छन् ।

चीनसँग सीमा जोडिएको मुक्तिनाथमा मोदी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले शुक्रबार बेलुका ४ बजेदेखि नै शनिबार मोदी नफर्किउन्जेलसम्म मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । पर्यटकलाई पनि पुराङ र रानीपौवा बजारमा प्रवेश निषेध गरिएको छ ।

मुस्ताङका सबै सीमामा कडाइ गरिएको छ । अन्नपूर्ण पदमार्ग बन्द गरिएको छ । मुक्तिनाथ मन्दिर वरपर पनि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा प्रवन्ध मिलाउन बिहीबारदेखि नै भारतीय सुरक्षाकर्मीको विशेष टोली मुक्तिनाथमा परिचालित छ ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...