मोदीको बिरोधमा काठमाडौँमा लगातार हर्न बज्यो,साँझ ८ बजे १० मिनेटका लागि ‘ब्लाकआउट’



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा हर्न बजाएर काठमाडौं सर्वसाधरणले उनको बिरोध गरेका छन्। सवारीको क्रममा करिब २० मिनेटभन्दा धेरै सडक खाली गराइएको थियो।

लामो समय सवारी साधन रोकेपछि सवारीको बेला सर्वसाधरणले बबरमहल लगायतका क्षेत्रमा एकैचोटी हर्न बजाएका थिए। हर्न नबजाउन ट्राफिक प्रहरीले आग्रह गरेपनि नाकाबन्दी लगाउने मोदीको स्वागतका नाममा आफुहरुलाई दुःख दिएको भन्दै सर्वसाधरणले झन् ठुलो आवाजमा एकैचोटी हर्न बजाएर मोदीको बिरोध गरेका थिए।

नेपालको संविधानको बिरोधमा २ वर्षअघि भारतले अघोषित नाकाबन्दी गरेको थियो। नाकाबन्दी लगाउने मोदीलाई अभिनन्दन गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ। आज साँझ ८ बजे १० मिनेटका लागि ‘ब्लाकआउट’ गरेर उनको बिरोध गर्न सामाजिक सञ्जालमा अभियान चलाइएको छ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...