मोदीले आज अबेर सम्म प्रयोग गर्ने रुट यी हुन्,सकेसम्म यी रुट प्रयोग नगर्दै फाइदा,घन्टौ फसिन्छ



हाम्रो इकोनोमि

औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो काठमाडौं आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बौद्धस्थित हायात होटलबाट सैनिक मन्च टुँडिखेल पुगेका छन्।

टुडिखेलमा मोदीले ‘गार्ड अफ अनर’ दिइँदै छ। कडा सुरक्षाबीच मोदी चाबहिल-गौशाला-एयरपोर्ट-तीनकुने-बानेश्वर-माइतीघर-भद्रकालीको बाटो हुँदै सैनिक मन्च पुगेका हुन् ।

नेपाल अार्मीको एक टुकडीले मोदीलाई १९ तोपको सलामी दिने छ। त्यसपछि उनी उपराष्ट्रपति नन्दकिशोर पुनसँग भेटवार्ताका लागि कान्तिपथस्थित बहादुरभवन पुग्नेछन्। उनी त्यसपछि महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्या भन्डारीसँग भेटवार्ता गर्नेछन्।

साँझ सात बजे उनी महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयबाट नारायण गोपालचाेक निस्किएर चक्रपथको बाटो हुँदै धुम्बाराही-चाबहिल-गौशालाको रुट भएर होटल द्धारिकाज पुग्नेछन्।

उनले शुक्रबार साँझको डिनर होटल द्वारिकाजमा लिनेछन्। प्रधानमन्त्री केपी ओलीसँग वान टु वान वार्ता गरेर भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा अरुण तेस्रोको स्विच थिचेर उद्घाटन गर्नेछन्।
त्यहाँबाट उनी होटल हायात पुग्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...