मोदीलाई यसरी दिइन्छ टुँडीखेलमा गार्ड अफ अनर, हेर्नुहोस (LIVE)



हाम्रो इकोनोमि

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा आज टुँडीखेलमा ‘गार्ड अफ अनर’ दिइँदैछ।

४ बजेका लागि कार्यक्रम तय भए पनि मोदी जनकपुरबाट काठमाडौं आउन ढिला भएपछि करिब ५ बजेका लागि कार्यक्रम सरेको छ। टुँडीखेलको सैनिक मञ्चमा सैनिक टुकडीले उनलाई गार्ड अफ अनर दिनेछ।

विगतमा विमानस्थलमै यस्तो सम्मान दिने चलन थियो। तर, केपी शर्मा ओली सरकारको नेतृत्वमा आएपछि नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई टु‌ँडीखेलमा गार्डअफ अनर दिइएको थियो।

पञ्चायतकालपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी टुँडीखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी पाहुना हुन्।  अब्बासीपछि भारतीय प्रधानमन्त्री मोदीलाई टुँडीखेलमै गार्ड अफ अनर दिन लागिएको हो। पञ्चायतकालमा टुँडीखेलमा यस्तो सलामी दिइने गरिए पनि पछि विमानस्थलमै दिन थालिएको थियो।

कसरी दिइन्छ गार्ड अफ अनर? 

राष्ट्रप्रमुख तथा महत्वपूर्ण अवसरमा राज्यले दिने सलामीको सम्मान हो ‘गार्ड अफ अनर’। सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीका अनुसार गार्ड अफ अनरमा सेनाले सलामी अर्पण गर्छ।

सलामीपछि सम्मान लिने व्यक्तिले निरीक्षण गर्छन्। त्यसका लागि सेनाको एक टोलीले सलामी धुन बजाउँछ। निरीक्षणपछि फेरि सेनाले सलामी दिनेछ। मोदीको गार्ड अफ अनर कार्यक्रम करिब ५ मिनेटको हुनेछ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...