खिचडी खाए पछी मोदी सोझै टुँडिखेलमा पुग्ने,यसरी यस्ता ठाउंमा बित्दै छ मोदीको आजको रात



हाम्रो इकोनोमि

जनकपुरबाट नेपालको तेस्रो भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भरखरै काठमाडौं आइपुगेका छन्।
एयर इन्डियाको विमानमार्फत नेपाल आएका मोदीले करिब ३ घन्टा जनकपुरमा बिताए। उनले रामजानकी मन्दिरमा पूजा गर्नुका साथै अयोध्या-जनकपुर जोड्ने बस सेवाको उद्घाटन गर्दै नागरिक अभिनन्दन पनि ग्रहण गरेका छन्।

केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरे।

मोदी विमानस्थलबाट सोझै हायात होटल जानेछन्। त्यहाँबाट उनी टुँडिखेल पुग्नेछन्। टुँडिखेलमा ४ बजे ‘गार्ड अफ अनर’ दिइने तय भए पनि जनकपुरबाट आउन ढिला भएकाले समय सर्न सक्नेछ। त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि समकक्षी केपी शर्मा ओलीसँग मोदीले केहीबेर छलफल एवं वार्ता गर्ने तयारी छ।

साँझ प्रधानमन्त्री मोदी समकक्षी ओलीले सम्मानमा राखेको रात्रिभोजमा सरिक हुनेछन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...