खिचडी खाए पछी मोदी सोझै टुँडिखेलमा पुग्ने,यसरी यस्ता ठाउंमा बित्दै छ मोदीको आजको रात



हाम्रो इकोनोमि

जनकपुरबाट नेपालको तेस्रो भ्रमण सुरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भरखरै काठमाडौं आइपुगेका छन्।
एयर इन्डियाको विमानमार्फत नेपाल आएका मोदीले करिब ३ घन्टा जनकपुरमा बिताए। उनले रामजानकी मन्दिरमा पूजा गर्नुका साथै अयोध्या-जनकपुर जोड्ने बस सेवाको उद्घाटन गर्दै नागरिक अभिनन्दन पनि ग्रहण गरेका छन्।

केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरे।

मोदी विमानस्थलबाट सोझै हायात होटल जानेछन्। त्यहाँबाट उनी टुँडिखेल पुग्नेछन्। टुँडिखेलमा ४ बजे ‘गार्ड अफ अनर’ दिइने तय भए पनि जनकपुरबाट आउन ढिला भएकाले समय सर्न सक्नेछ। त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि समकक्षी केपी शर्मा ओलीसँग मोदीले केहीबेर छलफल एवं वार्ता गर्ने तयारी छ।

साँझ प्रधानमन्त्री मोदी समकक्षी ओलीले सम्मानमा राखेको रात्रिभोजमा सरिक हुनेछन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...