परराष्ट्रमन्त्री ज्ञवालीले गरे काठमाडौँमा मोदीको स्वागत गुजराती खिचडी खान हायात होटल पुगे मोदी



हाम्रो इकोनोमि

निर्धारित समय भन्दा झण्डै पौने दुई घण्टापछि जनकपुरबाट त्रिभुवन विमानस्थल ओर्लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे स्वागत पररराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरेका छन्।

मोदीलाई स्वागत गर्न पररराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए। उनीहरु एकै खालका पाेशाकमा उपस्थित थिए । स्वागत पछि कडा सुरक्षाकाबिच मोदी लञ्चका लागि विमानस्थलबाटै होटल हायाततर्फ प्रस्तान गरेका छन्।

पूर्वनिर्धारित समयमा मोदी नआएपछि त्रिभुवन विमानस्थलगायत सडकमा समेत सवारी अावागमन अस्तव्यस्त बनेको थियो। ट्राफिक प्रहरीले १२ बजेदेखि नै एयरपोर्टदेखि बौद्धस्थित हायात होटल सडक खण्ड खालि गर्न सुरु गरेको थियो।

मोदी काठमाडौं आइपुगेपछि सोझै बौद्धस्थित हायात होटल पुगेर ‘लञ्च’ गर्नेछन्। त्यसपछि चार बजेर ३० मिनेटमा सैनिक मन्च टुँडिखेलमा दिइने ‘गार्ड अफ अनर’का लागि मोदी त्यहाँ पुग्नेछन्।

मोदीले पौने पाँच बजे उपराष्ट्रपति नन्दकिशोर पुन र साढे पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सवा ६ बजे द्वार द्धारिकाज होटलमा कुटनितिक नियोगका अधिकारीसँग हुने भेटघाटमा सहभागी हुनेछन्। त्यहाँ नै उनले प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा अरुण तेस्रोको स्विच थिचेर शिलान्यास गर्नेछन्।

त्यहाँबाट हायात होटर पुगेर रात बिताउने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साधारण रोटी, हरियो सागसब्जी र गुजराती शैलीमा पकाइने खिचडी नै मुख्य खाना हो।
जतिसुकै लामो यात्रा र भागदौडमा व्यस्त रहे पनि उनी त्यस्तै साधारण खाना खान मन पराउँछन् सँधैजसो।

बिहीबार दिल्लीमा करिब ८ बजेतिर डिनरका रुपमा रोटी र सब्जी खाएका भारतीय प्रधानमन्त्री मोदीका लागि करिव १७ घण्टा ५५ मिनेटपछि नेपालको होटल हायातमा त्यस्तै साधारण खाना तयार हुँदै छ लञ्चका रुपमा।

शुक्रबार बिहान दिल्लीबाट पटना हुँदै जनकपुरमा आई पूजाअर्चना र नागरिक अभिनन्दनमा सहभागी भएका मोदी करिब साढे १ बजेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदैछन् र एक बजेर ५५ मिनेटमा होटल हायात पुगेर लञ्च लिँदैछन् ।

स्रोतका अनुसार साधारण नेपाली शैलीको खाना खाने मोदीको इच्छा भएकाले त्यसै अनुसार खाना तयार हुँदै छ उनका लागि ।
साकाहारी भारतीय प्रधानमन्त्री मोदीले अघिपछि सलाद र मौसमी फलफुललाई जोड दिइएको पाइन्छ ।

बाल्यकाल र राजनीतिक जीवनको लामो समयमा पेटको समस्या भोगेका भारतीय प्रधानमन्त्री मोदीले गुजरातको मुख्य मन्त्री बनेपछि आफ्नो जीवनशैलीलाई पुरै परिवर्तन गर्न मौका समेत पाएका थिए।

योगा, प्राणायम र व्यायामबाट दैनिकी सुरु गर्ने भारतीय प्रधानमन्त्री मोदी निकै कम तीनदेखि चार घण्टा मात्रै सुत्ने गर्छन । तर विस्तारामा पुगेको ३० सेकेण्डमै निन्द्रा लाग्ने र त्यो निन्द्र धेरै निकै गहिरो भएकाले आफ्नो स्वास्थ्य मजवुत रहिआएको मोदीले बताउँदै आएका छन् ।

हालै भारतमा आयोजित एक कार्यक्रममा मोदीले भनेका छन्’, सार्वजनिक जीवनमा काम गर्नेहरुको पेट बिग्रिरहेको हुन्छ । मैले पनि त्यो समस्या भोगेको छु लामो समय तर अहिले मैले नियमित व्यायाम, योगा, प्राणायम गर्ने र साकाहारी खाना खाने नियम बनाएको छु जसले मेरो स्वास्थ्यलाई मजवुत बनाउन सहयोग गरेको छ ।

जतिनै भागदौढ र व्यस्त बनेपनि म फ्रेस हुन्छ सँधैभरी ।मोदीले थपेका छन’, मेरो शरीर मेरो देशका लागि बोझ नबनोस । म बिरामी पर्दा कसैले पनि सेवा गर्नु नपरोस ।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...