हायात होटलमा मोदीका लागि यसरी पाक्दै छ गुजराती खिचडी,जनकपुर बाट आएर सिधै खिचडी खाने



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साधारण रोटी, हरियो सागसब्जी र गुजराती शैलीमा पकाइने खिचडी नै मुख्य खाना हो।
जतिसुकै लामो यात्रा र भागदौडमा व्यस्त रहे पनि उनी त्यस्तै साधारण खाना खान मन पराउँछन् सँधैजसो।

बिहीबार दिल्लीमा करिब ८ बजेतिर डिनरका रुपमा रोटी र सब्जी खाएका भारतीय प्रधानमन्त्री मोदीका लागि करिव १७ घण्टा ५५ मिनेटपछि नेपालको होटल हायातमा त्यस्तै साधारण खाना तयार हुँदै छ लञ्चका रुपमा।

शुक्रबार बिहान दिल्लीबाट पटना हुँदै जनकपुरमा आई पूजाअर्चना र नागरिक अभिनन्दनमा सहभागी भएका मोदी करिब साढे १ बजेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदैछन् र एक बजेर ५५ मिनेटमा होटल हायात पुगेर लञ्च लिँदैछन् ।

स्रोतका अनुसार साधारण नेपाली शैलीको खाना खाने मोदीको इच्छा भएकाले त्यसै अनुसार खाना तयार हुँदै छ उनका लागि ।
साकाहारी भारतीय प्रधानमन्त्री मोदीले अघिपछि सलाद र मौसमी फलफुललाई जोड दिइएको पाइन्छ ।

बाल्यकाल र राजनीतिक जीवनको लामो समयमा पेटको समस्या भोगेका भारतीय प्रधानमन्त्री मोदीले गुजरातको मुख्य मन्त्री बनेपछि आफ्नो जीवनशैलीलाई पुरै परिवर्तन गर्न मौका समेत पाएका थिए।

योगा, प्राणायम र व्यायामबाट दैनिकी सुरु गर्ने भारतीय प्रधानमन्त्री मोदी निकै कम तीनदेखि चार घण्टा मात्रै सुत्ने गर्छन । तर विस्तारामा पुगेको ३० सेकेण्डमै निन्द्रा लाग्ने र त्यो निन्द्र धेरै निकै गहिरो भएकाले आफ्नो स्वास्थ्य मजवुत रहिआएको मोदीले बताउँदै आएका छन् ।

हालै भारतमा आयोजित एक कार्यक्रममा मोदीले भनेका छन्’, सार्वजनिक जीवनमा काम गर्नेहरुको पेट बिग्रिरहेको हुन्छ । मैले पनि त्यो समस्या भोगेको छु लामो समय तर अहिले मैले नियमित व्यायाम, योगा, प्राणायम गर्ने र साकाहारी खाना खाने नियम बनाएको छु जसले मेरो स्वास्थ्यलाई मजवुत बनाउन सहयोग गरेको छ ।

जतिनै भागदौढ र व्यस्त बनेपनि म फ्रेस हुन्छ सँधैभरी ।मोदीले थपेका छन’, मेरो शरीर मेरो देशका लागि बोझ नबनोस । म बिरामी पर्दा कसैले पनि सेवा गर्नु नपरोस ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...