अब कुन स्तरमा मिल्ला दुवै प्रधानमन्त्रीको मन,जनकपुरमा यसरी मिल्यो ओली र मोदीको पहिरन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रबार बिहान जनकपुर ओर्लिए।

दुई पटक प्रधानमन्त्री भए पनि ओली जनकपुर गएका थिएनन्। त्यसैले प्रधानमन्त्रीको रुपमा यो नै उनको पहिलो जनकपुरयात्रा हो।

केही महिना अघिसम्म मधेसवादी दलहरुले मधेसविरोधी नेताको ट्याग लगाउँदै ओलीविरुद्ध अभियानै सञ्चालन गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको जानकी मन्दिर दर्शन प्रकरण होस् वा मलेठ घटना दुवैमा मधेशवादी दलले लोकतन्त्रका मूल्यमान्यताको धज्जी उडाउँदै तल्लोस्तरको विरोध गरेका थिए। यो पटक ओली जनकपुर उत्रिँदा परिदृश्य फरक देखियो। त्यहाँ कसैले उनीविरुद्ध नाराबाजी गरेन। विरोध जनाएन पनि।

किन त ?
किनभने ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि त्यहाँ पुगेका थिए। भारतीय संस्थापन मधेसवादी दलहरुको शक्तिको मुख्य स्रोत रहेको आरोप लाग्दै आएको छ। हुन त नेपालका अरू दलको भारतमोह पनि कम्ति रोचक छैन। तर मधेसवादी दलका ठूलै नेता पनि भारतीय दूतावासका तल्लो तहका कर्मचारीको खप्की खान विवश देखिन्छन्। सायद त्यही भएर हुनुपर्छ पनि मधेसवादी दलहरुका ‘खास मेहमान’को स्वागतका लागि जनपुर पुगेका ओलीविरुद्ध विरोधको कुनै श्वर सुनिएन। त्यस्तो माहोलको छनकै देखिएन।

हुन पनि प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्दो पहिरनमा जनकपुर उत्रिएका थिए। विमानस्थलमा रहँदासम्म सेतो कुर्ता घ्यू रंगको कमिजमा देखिएका ओलीले मोदीलाई भेट्ने बेलामा गलामा गम्छा पनि थपेका थिए। ओली–मोदीको एउटै रंगकाे यो पहिरनले संविधान निर्माण र नाकाबन्दीदेखि चिसिएकाे दुई नेताबीचको सम्बन्धलाई सुधारतर्फ लगेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...