प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिरमा यसरी गरे स्वागत,हेर्नुहोस प्रत्यक्ष प्रसारण



हाम्रो इकोनोमि

दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आइपुगेका छन्।

जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। मोदीलाई स्वागत गर्न आज बिहानै जनकपुर आइपुगेका थिए।

४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन्।

जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। विमानस्थलबाट मोदी जानकी मन्दिर जाने छन्। त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्नेछन्। दुवै समकक्षीले संयुक्त पूजाअर्चना गर्ने बताइएको छ।

जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

जनकपुरमा झण्डै सबा २ घण्टा बिताएर भारतीय प्रधानमन्त्री मोदी १२:४० मा काठमाडौं उड्ने तालिका छ। उनी आजै काठमाडौं आउने छन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...