प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिरमा यसरी गरे स्वागत,हेर्नुहोस प्रत्यक्ष प्रसारण



हाम्रो इकोनोमि

दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आइपुगेका छन्।

जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। मोदीलाई स्वागत गर्न आज बिहानै जनकपुर आइपुगेका थिए।

४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन्।

जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। विमानस्थलबाट मोदी जानकी मन्दिर जाने छन्। त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्नेछन्। दुवै समकक्षीले संयुक्त पूजाअर्चना गर्ने बताइएको छ।

जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

जनकपुरमा झण्डै सबा २ घण्टा बिताएर भारतीय प्रधानमन्त्री मोदी १२:४० मा काठमाडौं उड्ने तालिका छ। उनी आजै काठमाडौं आउने छन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...