जन्मकैदको सजायँ पाएका काशी तिवारी हत्याकाण्डका अभियुत्त कटहरिया नगरपालिकाका मेयर कुशवाह पक्राउ



हाम्रो इकोनोमि

काशी तिवारी हत्याकाण्डमा जन्मकैद सजायको फैसला सुनाइएका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले उनलाई फैसला कार्यन्वयका लागि पक्राउ गरिएको पुष्टि गरे ।यसअघि उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो ।

 

उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।यो फैसला न्यायाधीश लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको इजलासले २८ फागुनमै भएको भए पनि ढिला गरी सार्वजनिक भएको थियो ।

उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला सुनाएको छ ।काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाइएको हो ।

उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।यो फैसला न्यायाधीश लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको इजलासले २८ फागुनमै भएको भए पनि अहिले मात्रै सार्वजनिक भएको हो ।

रजिष्टार बाबुराम दाहालका अनुसार २० वर्षको जन्मकैद सजाय तोकिएको भए पनि न्यायधशले निजलार्इ चर्को पर्ने भन्दै १५ वर्ष उपयुक्त हुने राय पनि फैसलामा राखेका छन् ।यस विषयमा मेयर कुशवाहसँग जिज्ञासा राख्दा उनले आफूलाई फैसला बारे थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...