जन्मकैदको सजायँ पाएका काशी तिवारी हत्याकाण्डका अभियुत्त कटहरिया नगरपालिकाका मेयर कुशवाह पक्राउ



हाम्रो इकोनोमि

काशी तिवारी हत्याकाण्डमा जन्मकैद सजायको फैसला सुनाइएका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले उनलाई फैसला कार्यन्वयका लागि पक्राउ गरिएको पुष्टि गरे ।यसअघि उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो ।

 

उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।यो फैसला न्यायाधीश लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको इजलासले २८ फागुनमै भएको भए पनि ढिला गरी सार्वजनिक भएको थियो ।

उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला सुनाएको छ ।काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाइएको हो ।

उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।यो फैसला न्यायाधीश लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको इजलासले २८ फागुनमै भएको भए पनि अहिले मात्रै सार्वजनिक भएको हो ।

रजिष्टार बाबुराम दाहालका अनुसार २० वर्षको जन्मकैद सजाय तोकिएको भए पनि न्यायधशले निजलार्इ चर्को पर्ने भन्दै १५ वर्ष उपयुक्त हुने राय पनि फैसलामा राखेका छन् ।यस विषयमा मेयर कुशवाहसँग जिज्ञासा राख्दा उनले आफूलाई फैसला बारे थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...