ट्वीट काण्ड पछी रिसले चुर भएका प्रचण्डलाई ओलीले यसरी फकाए,प्रचण्डबाट ओलीले अनि यस्तो स्याबासी पाए



हाम्रो इकोनोमि

एमाले–माओवादी एकता प्रक्रियामा शिथिलता उत्पन्न भएको समयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ ।

ओलीले सोमबार गरेको एक ट्वीटलाई लिएर आशंका पैदा भइरहेका बेला प्रचण्डले ओलीसँग यसबारे जिज्ञासा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रचण्डले सो ट्वीट कतातर्फ लक्षित हो भन्ने जिज्ञासा राखेको स्रोतले जनायो ।

जवाफमा प्रधानमन्त्रीले आफ्नो आसय माओवादीप्रति लक्षित नभएको स्पष्ट पारेका थिए ।

ओलीले ट्वीटमा ‘समीकरण फेरबदलमा बानी परेका’ भन्ने शब्द लेखेपछि त्यसले माओवादी वृत्तमा तरंग पैदा भएको थियो । सो आशय प्रचण्डप्रति लक्षित भएको हुनसक्ने भन्दै टिप्पणी भएका थिए ।

मंगलवार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकीकरणको अन्तिम तयारी भइरहेको समयमा आएको ओलीको अभिव्यक्तिले गम्भीर बनाएको भन्दै त्यसबारे आफूले कुरा गर्ने बताएका थिए ।

‘भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सिर्जना गरेका भ्रममाथिको छलफल पश्चात वातावरण सहज बन्यो,’ ओलीसँगको भेटपछि प्रचण्डको सचिवालयले भन्यो ।

प्रचण्डले ओलीसंग सरकारले तयारी गर्दै गरेको बजेटको विषयमा समेत छलफल गरेका थिए ।

सचिव सरुवा र बजेट निर्माणमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै प्रचण्डले संसदीय दलमा असन्तुष्टि जनाएका थिए ।

बुधबारको भेटमा पार्टी एकता, बजेटसहित अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...