मोदीका कारण पार्टी एकता अल्झिएको यस्तो आयो कारण सहितको पछिल्लो सूचना



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छिन्।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको बताइन्।

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन्।

अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेण्डाअनुसार काम अघि बढाएको बताइन्।

सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन्। कार्यक्रममा प्रवक्ता भुसालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताइन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...