भगवानलाई कोदोको रक्सी मात्र चल्छ वियर वा रोयल स्ट्याग चल्दैन भन्दै गृहमन्त्रीलाइ एकाबिहानै घेरीयो



हाम्रो इकोनोमि

गृहमन्त्रीले नेपाललाई रक्सीमुक्त बनाउन लागेको चर्चा चलेपछि बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले पुल्चोकस्थित मन्त्रीनिवासमै पुगेर गृहमन्त्री रामबहादुर थापासँग भेट गरे ।

आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी आवश्यक पर्ने र भगवानलाई प्रसादका रुपमा रक्सी चढाउने गरिएको जनजाति नेताहरुले गृहमन्त्रीलाई सुनाए ।

मन्त्री वादललाई उनीहरुले भने ‘जनजातिको चाडबाडमा विदा कटौती गरियो, त्यसैगरी सांस्कृतिकरुपमा प्रयोगमा आउने रक्सी उत्पादनमा पनि रोक लगाउन खोजिएको हो कि भन्ने हामीमा आशंका पैदा भएको छ ।’

आदिवासी जनजातिको बिहेबटुलो एवं आफन्तजनको भेटघाटमा लोकल रक्सी कोसेलीका रुपमा लैजाने गरिएको सुनाउँदै आदिवासी जनजाति नेताहरुले गृहमन्त्रीलाई भने- ‘सरकारले कोदोको रक्सी बन्द गरेर हामीले भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् ।’

आदिवासी जनजातिले उत्पादन गरेको लोकल रक्सी घोप्ट्याउने अनि मल्टिनेशनल कम्पनीको उत्पादनलाई छुट दिइरहने हो भने अन्या हुने जनजाति नेताहरुको गुनासो थियो ।

जनजाति नेताहरुले लागू औषध नियन्त्रणमा भने सरकारलाई पूर्णरुपमा साथ दिने गृहमन्त्रीलाई बताए । लागू औषध पूर्णरुपमा बन्द गरिनुपर्ने उनीहरुको भनाइ थियो ।

जनजातिहरुको कुरा सुनिसकेपछि गृहमन्त्री थापाले स्पष्ट पार्दै भने- ‘हामीले जाँडरक्सी पूरै बन्द गर्ने भनेका हैनौं, यसलाई नियन्त्रण गर्ने भनिएको हो । म मगरको छोरो हुँ, यति कुरा मलाई थाहा छ ।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...