भगवानलाई कोदोको रक्सी मात्र चल्छ वियर वा रोयल स्ट्याग चल्दैन भन्दै गृहमन्त्रीलाइ एकाबिहानै घेरीयो



हाम्रो इकोनोमि

गृहमन्त्रीले नेपाललाई रक्सीमुक्त बनाउन लागेको चर्चा चलेपछि बुधबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले पुल्चोकस्थित मन्त्रीनिवासमै पुगेर गृहमन्त्री रामबहादुर थापासँग भेट गरे ।

आदिवासी जनजातिहरुको पूजाआजामा रक्सी आवश्यक पर्ने र भगवानलाई प्रसादका रुपमा रक्सी चढाउने गरिएको जनजाति नेताहरुले गृहमन्त्रीलाई सुनाए ।

मन्त्री वादललाई उनीहरुले भने ‘जनजातिको चाडबाडमा विदा कटौती गरियो, त्यसैगरी सांस्कृतिकरुपमा प्रयोगमा आउने रक्सी उत्पादनमा पनि रोक लगाउन खोजिएको हो कि भन्ने हामीमा आशंका पैदा भएको छ ।’

आदिवासी जनजातिको बिहेबटुलो एवं आफन्तजनको भेटघाटमा लोकल रक्सी कोसेलीका रुपमा लैजाने गरिएको सुनाउँदै आदिवासी जनजाति नेताहरुले गृहमन्त्रीलाई भने- ‘सरकारले कोदोको रक्सी बन्द गरेर हामीले भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् ।’

आदिवासी जनजातिले उत्पादन गरेको लोकल रक्सी घोप्ट्याउने अनि मल्टिनेशनल कम्पनीको उत्पादनलाई छुट दिइरहने हो भने अन्या हुने जनजाति नेताहरुको गुनासो थियो ।

जनजाति नेताहरुले लागू औषध नियन्त्रणमा भने सरकारलाई पूर्णरुपमा साथ दिने गृहमन्त्रीलाई बताए । लागू औषध पूर्णरुपमा बन्द गरिनुपर्ने उनीहरुको भनाइ थियो ।

जनजातिहरुको कुरा सुनिसकेपछि गृहमन्त्री थापाले स्पष्ट पार्दै भने- ‘हामीले जाँडरक्सी पूरै बन्द गर्ने भनेका हैनौं, यसलाई नियन्त्रण गर्ने भनिएको हो । म मगरको छोरो हुँ, यति कुरा मलाई थाहा छ ।’

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...